बानेश्वरको सडकमा गुड्दै गरेको बस भासियो
काठमाडौँ, १२ माघ । काठमाडौँको नयाँ बानेश्वर चोकको सडकमा गुड्दै गरेको बस सडक भासिएर गाडिएकाे छ ।
नयाँ बानेश्वरकाे इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बस एक्कासी भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएका थिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गुड्दै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडक भासिँदा पछाडितर्फको चक्का फसेकाे छ ।
अहिले ट्राफिक र नेपाल प्रहरी भएर बसलाई क्रेन लगाएर हटाउन लागेका छन् । यसअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।