पशुपतिनाथ मन्दिरको सन्ध्या आरती कपीराइटबारे छानबिन समिति गठन

काठमाडौं,१६ माघ । पशुपतिनाथकाे मन्दिर भित्र दैनिक हुने सन्ध्या आरतीको बुढासुब्बा डिजिटल प्रालिलाई दिइएको कपीराइट छानबिनका लागि अध्ययन समिति बनाइएको छ ।

पर्यटनमन्त्री सुदन किरातीको अध्यक्षतामा मन्त्रालयमा बसेको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

काठमाडौं महानगरका प्रतिनिधि र कोषका सदस्यहरू समितिमा छन् । उक्त समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय सीमा तोकिएको छ ।

पशुपतिनाथ मन्दिरभित्र दैनिक हुने सन्ध्या आरतीलाई डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने विषयमा ६ महिना अगाडि भएको सम्झौतामा केही दिनअघि विवादित बनेपछि एकाएक चर्चामा आएको थियो ।

बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्यूवमा व्यवसायिक प्रयोजनका लागि राखिएमा डिजिटल कपीराइट ऐन अन्तरगत कारबाही हुने सूचना निकालेपछि पशुपतिनाथकाे मन्दिर पनि व्यापारीकरण गरिएको भन्दै आलोचना भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *