इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं, २२ माघ । ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छन् ।

भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को आइतबारको एपिसोडमा उनी बाहिरिएकी हुन् ।

उत्कृष्ट १० मा छनोट हुन सफल भएकी मेनुका बाहिरिएपछि उनले आफ्नो सामाजिक सञ्जालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुङ्गिएको लेखेकी छिन् ।

उनले लेखेकीछिन् ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको साङ्गीतिक यात्रा भर्खर सुरु भएको छ ।’ उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन् ।

उनले यो अवधिमा ‘सलार’मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् । उत्कृष्ट १० मा पर्नु मेनुकाका लागि एउटा ठूलो सफलता हो ।

यसअघि कार्यक्रममै चिकित्सकले उनलाई ‘एआई भिजन चस्मा’ पनि प्रदान गरेका थिए । जसमार्फत अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्ने चिकित्सकले जनाएकाे छ ।