एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपालकाे क्लिनस्वीप

काठमाडौं, २९ माघ । क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्लिनस्वीप गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेलमा नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गरेको हो ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । यसअघि भएको पहिलो एकदिवसीय खेलमा ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।