नेपाल आज वुमन्स प्रिमियर कपको फाइनलका प्रवेशका लागी मलेसियासँग खेल्दै

काठमाडौं, ४ फागुन । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको फाइनल प्रवेशका लागि आजकाे खेल नेपाल र मलेसियाबिच हुँदैछ ।

खेल मलेसियामा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यस खेलकाे विजेताले यसै वर्ष हुने महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

क्वाटरफानलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रदेश गरेको थियो ।

नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८ विकेट र माल्दिभ्सलाई २१४ रनले पराजित थियो ।