आगामी बैठकमा सांसदले उठाएको विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
काठमाडाैं, १४ फागुन । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको दोस्रो बैठकमा आगामी बैठकमा सांसदले उठाएको विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएकाे छ ।
रुलिङ भएसँगै सभाको बैठक नियमित रूपमा सुचारु भएको छ । सभामुखले पटकपटक रुलिङ गर्दा पनि सरकारले जवाफ नदिएको भन्दै एमाले सांसदहरुले आआफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको थियो ।
सभामुख घिमिरेले सरकारलाई रुलिङ गर्दै भन्नुभयाे, ‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरुले उठाउनुभएको विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’
यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विवादित मन्त्रीहरुको राजीनामाको माग गरेका थिए । मन्त्रीहरु विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।