नेदरल्याण्डसलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा प्रवेश

काठमाडौं, १९ फागुन । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा प्रवेश गरेकाे छ ।
शनिबार कीर्तिपुरस्थित टियु अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएकाे त्रिकोणात्मक टी-२० आई सिरिजको खेलमा नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेकाे हाे ।
अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ ।
सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्सको नेटरनरेट ०.३१० छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानकाे नेटरनरेट ०.२९३ छ ।
नामिविया ३ खेलमध्ये १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । नामिवियाको नेटरनरेट माइनस ०.७०० छ ।
नेपाललाई नेटरनरेटमा नेदरल्यान्ड्स र नामिविया मध्य एक टोलीले मात्रै अव पछि पार्न सक्छन् । त्यसैले नेपाल फाइनल खेल्ने पक्का भएको हो ।
नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तेस्रो खेलमा नामिवियालाई ३ रनले हराएको थियो । फाइनल खेल मंगलबार हुनेछ ।