त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी भिड्ने

काठमाडाैं, २९ फागुन । त्रिकोणात्मक टी-२० आई सिरिज को उपाधिका लागि नेपाल र पपुवा न्युगिनी भिड्ने भएकाे छ ।

मंगलबार भएको दोस्रो खेलमा पपुवा न्युगिनीले घरेलु टिम हङकङलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेसँगै फाइनलमा भिड्ने दुई टिमको टुंगो लागेको हो। फाइनल भिडन्त बुधबार नेपाली समयअनुसार पौने १२ बजे सुरू हुनेछ।

यसअघि मंगलबार नै नेपालले पपुवा न्युगिनीमाथि ८५ रनको जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो।

नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टिम अंक बाढ्न बाध्य भएका थिए।

लिग चरणको खेल सकिदा नेपालले ३ अंक जोड्यो भने पपुवा न्युगिनीले २ अंक बटुल्यो। १ अंक जोडेको हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ।

मंगलबार हङकङले पपुवा न्युगिनीविरुद्ध पहिले ब्याटिङ गर्दा १८.३ ओभरमा १२१ रनमै अलआउट भएको थियो। उसका लागि जीशन अलीले नटआउट ५५ रन जोड्दा अरु ब्याटर चल्न सकेनन्। हङकङका ७ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा पपुवा न्युगिनीका काबुआ मोरिया, एलेइ नाओ, असद भाला र सेसे बाउले २-२ विकेट लिए।

१२२ रनको लक्ष्य पपुवा न्युगिनीले विना विकेटको क्षतिमा पूरा गर्‍यो। पिएनजीका लागि टोनी उराले नटआउट ५१ रन र सेसे बाउले नटआउट ६१ रन जोडे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *