कामिल मिशाराको शतकमा चितवनले काठमाण्डुलाई दियो २०५ रनको लक्ष्य

काठमाडौं, २ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको एलिमिनेटर खेलमा चितवन राइनोजले काठमाण्डु गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको हो ।

चितवनका लागि ओपनर कामिल मिशाराले शतकीय पारी खेले । उनले ५९ बलमा १० छक्का र पाँच चौकाको मद्दतमा अविजित १२० रन बनाए । जारी एनपीएलमा शतक प्रहार गर्ने उनी दोस्रो ब्याटर बनेका छन् ।

यस्तै, कप्तान रवि बोपाराले अर्धशतक बनाए । उनले ४२ बलमा तीन चौका र दुई छक्कासहित ५३ रन जोडे । देव खनालले १५ बलमा दुई चौका र एक छक्काको मद्दतमा १७ रन बनाए ।

काठमाण्डुका लागि कप्तान करण केसी र राशिद खानले समान दुई–दुई विकेट लिए ।

आजको खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । उसले बिहीबार हुने खेलमा पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *