नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत स्टाफ नर्सको हत्या

विराटनगर, २ चैत्र । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको प्रहरीले जनाएकाे छ ।

हत्या हुनेमा सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दास रहेका छन् । प्रहरीका अनुसार उनकाे शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको हाे ।

मृतक चन्द्रीका कुमारीकाे शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएकाेले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक चन्द्रीका कुमारीकाे घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएकाे गहिरो चोट रहेकाे छ ।