सुनको मूल्यले बनायाे फेरी नयाँ रेकर्ड
काठमाडौं, ८ चैत । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेकाे छ ।
बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च बिन्दु कायम भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको जनाएकाे छ । यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।
संघका अनुसार सो रेकर्ड ९ दिनमै तोडिएको हो । यसदिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।