नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, वर्षाले ८-८ ओभरको खेल हुने
काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले टस जितेकाे छ ।
ओमानमा जारी समूह चरणको अन्तिम खेलमा साउदी अरबले टस हारेर पहिला फिल्डिङ रोजेको हाे ।
अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा भएको खेलमा वर्षाका कारण नेपाल र साउदी अरब ८-८ ओभरमा खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २ :१५ मा सुरु हुनेछ ।
नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो।
समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ। दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २-२ अंक जोडेका छन्।