नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष विवादको मुद्दा आज सुनुवाइ हुँदै
काठमाडौं, ९ वैशाख । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष विवादको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा सो मुद्दाको पेशी तोकिएको छ ।
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेपछि चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
पुस २७ मा कैलालीको टिकापुरमा भएको महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष चयन भएका थिए । निर्वाचन आयोगको निर्णयमा अन्तरिम आदेश हुने वा नहुने भन्नेबारे सर्वोच्चबाट निक्र्योल हुनेछ ।
चौधरीले निर्वाचन आयोग सहित ४ वटा निकायलाई विपक्षी कायम गरेर रिट दायर गरेका थिए ।