इलाम- २ मा शान्तिपूर्ण रूपमा मतदान जारी

काठमाडाैं, १५ वैशाख । इलाम क्षेत्र- २ मा शान्तिपूर्ण रूपमा मतदान जारी छ। इलाममा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उहाँकाे स्थानमा उपनिर्वाचन भइरहेकाे हाे।

इलाममा मतदान बिहान ७ बजेदेखि सुरु भएकाे छ भने इलामका सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेकाे मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयाे।

शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयाे।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन्। निर्वाचन आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिंगी छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम- २ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *