४ दिनपछि खुल्यो ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं, २० वैशाख । ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।
बाक्लो तुवालोका कारण विगत चार दिनदेखि रोकिएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे उडान आज बिहानदेखि नियमित भएकाे हाे ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार ४ दिनपछि आजदेखि विमानस्थलमा उडान भएको हाे ।
सूचना अधिकारी कर्णले भन्नुभयाे, “आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए ।”
पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ ।