अभिव्यक्ति विवादपछि राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

काठमाडौं, ३० वैशाख । अभिव्यक्ति विवाद भएपछि राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।

मन्त्रिपरिषदले एक सय रुपैयाँकाे नयाँ नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेकाे थियाे। उक्त निर्णय विरुद्ध नेपालले अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए । विवादमा तानिएपछि नेपालले पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले डा. नेपालले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिनुभयाे ।

गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक सय रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।

डा. नेपालले सञ्चार माध्यममा प्रतिक्रिया दिँदै भारतसँग सिमा विवाद भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको अभिव्यक्ति दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकारको उक्त अभिव्यक्तिबारे राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आलोचना गर्नुभएकाे थियाे ।