सरकारले घरेलु मदिरा उत्पादन र ब्रान्डिङ गर्न दिने

काठमाडौं, १ जेठ । सरकारले आगामी आर्थिक वर्षमा घरेलु मदिराको उत्पादन र ब्रान्डिङ गराउने भएको छ ।

सरकारको आगामी आवको नीति तथा कार्यक्रम मंगलबार संसद्को संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,‘‘घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी उत्पादन ब्रान्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिने छ ’’

यसअघि संघीय सरकारले घरेलु मदिरालाई प्रतिबन्ध लगाउँदा कतिपय स्थानीय तहले ल्याएका घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने नीति अघि बढ्न सकेको छैन ।