सामुदायिक वनमा आगाे लगाउँदै हिँड्ने एक जना रंगेहात पक्राउ

रामेछाप, ६ जेठ । वनमा आगो लगाउदै हिडेकाे अभियाेगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रामेछाप नगरपालिकामा रहेकाे कात्तिके सामुदायिक वनमा आगो लगाउदै गरेको अवस्थामा प्रहरीले अमर बहादुर मगरलाई पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी प्रदीप सिंहका अनुसार रामेछाप न.पा.वडा नं.-८ कात्तिकेटोल बस्ने ७० वर्षीय अमर बहादुर मगरले शुक्रबार अन्दाजी बेलुकीकाे ४ बजे कात्तिके सामुदायिक वनमा आगाे लगाउँदै गरेकाे अवस्थामा रंगेहात पक्राउ गरिएकाे हाे ।

कात्तिके सामुदायिक वनमा आगो लगाउदै गरेको अवस्थामा उक्त सामुदायिक वनका उपभोक्ताहरुले देखी प्रहरीलाई खबर गरे पश्चात जि.प्र.का.रामेछापबाट प्रहरी टोली गइ मगरलाई प्रकाउ गरी डिभिजन वन कार्यालय रामेछापडाँडामा बुझाएको प्रहरी प्रमुख डिएसपी सिंहले बताउनुभयाे ।

डिभिजन वन कार्यालय रामेछापडाँडाबाट ५ दिनको म्याद थप गरी मगरमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *