कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरे कार्यसूचीमा प्रवेश गर्न लाग्नुभएपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।

उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आएका छन् ।

अवरोधकै बीचमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएकाले त्यसको वातावरण बनाउन प्रतिपक्षी सांसदहरूलाई आग्रह गर्नुभएकाे थियाे ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *