नागरिकता किर्ते सम्बन्धी कसुरमा हिरासतमा रहेका सिरोहिया अस्पतालमा भर्ना
जनकपुर । नागरिकता किर्ते सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।
सिरोहिया उच्च रक्तचापका कारण अस्पताल भर्ना भएकाे प्रहरीले जनाएकाे छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालले सिरोहिया काव्या अस्पतालमा उपचाररत रहेको जनाएकाे छ ।
सिरोहिया सहज बसाइकै लागि पनि सुविधासम्पन्न काव्या अस्पतालमा भर्ना भएको बुझिएको छ ।
प्रहरीका अनुसार सिरोहियाकाे स्वास्थ्यमा सुधार भएपछि पुनः हिरासतमा लिइने छ। शुक्रवार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ ।
यसअघि सिरोहियालाई प्रहरीले मंगलवार राति धनुषा ल्याएपछि अदालतमा पेश गर्दा तीन दिनको म्याद थपेकाे थियाे ।
सिरोहियालाई मंगलवार नागरिकता किर्ते सम्बन्धी कसुरमा काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो ।
