सहकारीसम्बन्धी संसदीय छानबिन समितिको पहिलो बैठक बानेश्वरमा सुरू
काठमाडाैं, २३ जेठ । सहकारीको बचत ठगीसम्बन्धी छानबिन गर्न बनेकाे समितिले आज पहिलो बैठक राखेकाे छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख देवराज घिमिरेसहित संसदीय छानबिन समितिका संयोजक र सदस्यहरूबीच पहिलाे बैठक बसेको हाे ।
संसदीय छानबिन समितिको संयोजकमा नेकपा (एमाले) का सांसद सूर्य थापा रहनुभएका छन् भने
समिति सदस्यहरूमा नेपाली कांग्रेसबाट सांसदहरू बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा (एमाले) बाट सांसदहरू थापा र सरिता भुसाल हुनुहुन्छ भने नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य हुनुहुन्छ।
सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरूपयोग भएको र त्यसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको थियो।