प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच भेटवार्ता
काठमाडौं, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच भेटवार्ता भएको छ।
आज बिहान राष्ट्रपति मुर्मूलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति भवन पुग्नुभएकाे हाे ।
भेटमा दुई देशको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले आइतबार साँझ समकक्षी मोदीसँग भेटवार्ता गर्नुभएकाे थियाे। प्रधानमन्त्री प्रचण्डको सम्मानमा नयाँदिल्लीस्थित नेपाली दूतावासले आज बिहान चियापान कार्यक्रम आयोजना गरेको थियो।
प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन हिजो दिउँसो नयाँदिल्ली जानुभएकाे थियाे ।
प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।