सहकारी ठगी प्रकरणमा जोडिएका राईलाई पक्राउ गर्न सांसद शर्माकाे माग

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जिवी राईलाई पक्राउ गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै आकस्मिक समयमा सांसद शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी ठगी प्रकरणमा जोडिएका राईको लोकेशन पत्ता लागिसकेको भन्ने जानकारी दिनुभएको सन्दर्भ जोड्दै तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्नुभएकाे हाे ।

उहाँले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा गुनासो गर्नुभयो साथै सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान प्रक्रियामा सहभागी प्रहरी अधिकारीलाई सरुवा गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *