भारी वर्षाको सम्भावनासंगै बिपी राजमार्गको ट्र्याक निर्माण केही दिन स्थगित हुने

काठमाडौँ, ७ असोज । सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बिपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बिपी राजमार्गको निर्माणाधीन ‘ट्र्याक’को काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको छ।

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो। यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात सञ्चालनलाई सुरक्षित र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ,” मन्त्री लम्सालले भने।

सम्भावित वर्षा तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै यात्राका क्रममा सतर्कता अपनाउन र अनावश्यक जोखिम नलिन उनले सम्पूर्ण यात्रु तथा सर्वसाधारणमा अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *