एसइईको नतिजा आज सार्वजनिक हुने

काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)काे नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हाे ।
नतिजा सार्वजनिक गर्ने क्रममा प्राविधिक समस्या नदेखिएमा दिउँसो नतिजा प्रकाशन हुने कार्यालयले जनाएकाे छ ।
यस वर्ष विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडेड (एनजी) उल्लेख गरिने बोर्डले जनाएको छ ।
गत चैत १५ गते सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएकाे कार्यालयले जनाएकाे छ ।