प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएकाे छ ।
पछिल्लो समय राजनैतिक सरगर्मी बढेकाेबेला दुई नेताबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएपनि भेटवार्ताको विषय भने सार्वजनिक भएको छैन ।
नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाबीच प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।
दुई दिन अघि नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा एमाले अध्यक्ष ओली निवास बालकोटमा पुगेर छलफल गर्नुभएकाे थियाे । उहाँहरूबीच झण्डै तीन घण्टा भेटवार्ता भएकाे समाचार बाहिरिएसँगै नेपाल राजनीति फेरि तरंगित भएको छ ।
हिजो पनि प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको थियो । हिजोको भेटमा भने मन्त्रीमण्डल हेरफेरको विषयमा छलफल भएको नेताहरुको भनाइ छ ।