दुर्घटनामा घाईते भएकाहरुको सकुशल उद्धार
बारा, २७ असार । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै
यात्रुवाहक बस दुर्घटना भएकाे छ ।
मलंगवाबाट बिरगंजतर्फ जादै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस तिब्र गतिका कारण दुर्घटना भएको हाे ।
बस दुर्घटनामा परी घाईते भएका १३ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ भने उनीहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । उक्त गाडीमा ३१ जना यात्रुहरु सवार रहेकाे सशस्त्र प्रहरी बाराका सह प्रबक्ता डिएसपि शैलेन्द्र थापाले जनाएकाे छ ।
उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौजले उनीहरुको उद्धार गरेकाे थियो ।
गम्भिर घाईते भएको २ जनालाई तत्कालै उपचारको लागि उक्त गणको गाडीद्वारा र अन्य घाईतेहरुलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ पठाएकाे प्रहरीले जनाएकाे छ ।