राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीद्वारा सञ्चालित नि:शुल्क बेकरी तालिम सम्पन्न

काठमाडाैं, १२ साउन । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीद्वारा सञ्चालित नि:शुल्क बेकरी तालिम शिप सिकाैं आफ्नै देशमा राेजगार बनाैं भन्ने नाराका साथ समापन भएकाे छ ।

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीकाे आयाेजनामा आश्रय समूह र विसडम हस्पितालिटीकाे सहयाेगमा ४० जना युवाहरूलाई दश दिने नि:शुल्क बेकरी तालिमकाे दिइएकाे हाे ।

समापन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका स्थाइ कमिटी सदस्य पुर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठ, बिशेष अथिति पार्टी केन्द्रीय सदस्य क.किरण पौडेल संगठनका सचिव युवानेता क.खेम शर्मा,सचिवालय सदस्य क.अजित लामालगाएतका नेताहरुको उपस्थीति रहेकाे थियाे ।

प्रमुख अतिथि पुर्व श्रेष्ठले युवाहरूलाई दश दिने नि:शुल्क बेकरी तालिमले राेजगार सिर्जना गर्नुका साथै धेरै कुराहरू सिक्ने माैका पाउने बताउनुभयाे । उहाँले युवाहरू बैदेशिक राेजगारमा जानु बाध्यता भएकाे भन्दै स्वदेशमा राेजगार पाय बिदेसिन नपर्ने बताउनुभयाे ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटिका अध्यक्ष दिपेश सुधाकरले बेराेजगार युवाहरूलाई स्वराेजगार बनाउनका लागि युवा संघ काठमाडौं महानगरले एक कदम अगाडी रहेर नि:शुल्क तालिमकाे आयाेजना गरिएकाे बताउनुभयाे उहाँले महानगरपालिका भित्रका गरिव तथा विपन्न युवाहरूलाई लक्षित गरी स्वराेजगार बनाउने हिसावले तालिम दिइएकाे बताउनुभयाे ।