मंसिरमा स्थानीय तहको उपचुनाव गर्न आयोगले दियाे प्रधानमन्त्री ओलीलाई सुझाव
काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूसँग स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल गर्नुभएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिनुभएकाे हाे ।
प्रधानमन्त्री ओलीले जाडो समयअगावै निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आयोगकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आयोगले मिति घोषणा अघि सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने जनाएकाे छ ।