कलिलै उमेरमा अभिनय र गायनमा उदाएका गायक सरकार स्थापीतकाे मन मनैमा बजारमा (भिडियाेसहित)

काठमाडाैं, १३ भदाै । कलिलै उमेरमा अभिनय र गायनमा उदाएका गायक सरकार स्थापीतले मन मनैमा बजारमा ल्याएका छन् ।

कलिलै उमेरमा अभिनय र गायनमा लागेका स्थापितले आफ्नै स्वरमा १८ वर्षकै उमेरमा मन मनैमा बजारमा ल्याएका हुन । उनले यस भन्दा अघि अर्थात १५ वर्षकाे कलिलै उमेरमा चन्द्रमा जस्ताे तिम्राे मुहार भन्ने गीत बजारमा ल्याएका थिए ।

मन मनैमा गीतकाे निर्देशन आफ्नै बुबा संयुक्त स्थापीतले गरेका हुन् । सानैदेखी साँङ्गीतिक माहाैलमा हुर्किएका सरकारले कक्षा १२ सकेर याे गीत निकालेका हुन् ।

विजय डंगाेल र सन्ध्या अधिकारीकाे अभिनय देख्नपाइने गीतकाे अन्त्यमा सरकारकै अभिनय रहेकाे छ ।

दिपक विस्वास आँशुकाे शब्द रहेकाे गीतमा बुद्ध सायमीकाे एरेञ्ज,मिक्सिङ र म्युजिक रहेकाे छ । क्यामेरा र सम्पादन बालकुमार मगर र अनिलकुमार मगरले गरेका हुन भने ड्राेनमा विजय बज्राचार्य रहेका छन् ।

श्रृङ्गार तथा मेकअप उन्नती महर्जनले गरेकाे भिडियाेमा राेमाञ्चक शैलीमा गायक सरकारकाे आगमनले गीतले अर्कै माेड लिएकाे छ ।