टिकटककाे प्रतिबन्ध हटाउन सबै इन्टरनेट प्रदायकहरूलाई निर्देशन

काठमाडाैं, २१ भदाै । टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन सबै इन्टरनेट प्रदायकहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ।

सरकारले टिकटकमा लगाइएको प्रतिबन्ध शर्तसहित हटाउने निर्णय गरेको थियो। सोही निर्णयलाई आधार मानेर प्राधिकरणले शुक्रबार सबै इन्टरनेट प्रदायकहरूलाई टिकटककाे प्रतिबन्ध हटाउन निर्देशन दिएको हो।

‘मन्त्रिपरिषद्को २०८९/०५/०६ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाईएको रोक हटाउन दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *