सरकारले तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई दियाे ६५ लाखकाे पुरस्कार

काठमाडाैं, २८ भदाै । सरकारले पारा-ओलम्पिकमा तेक्वान्दो खेलमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाखकाे पुरस्कारले सम्मान गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरि प्रधानमन्त्री केपी शर्मा ओलीले गोवर्द्धनकाे खातामा डिजिटल माध्यमबाट ६५ लाख रुपैयाँ जम्मा गरिदिनुभएकाे हाे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पदक विजेता गोवर्द्धनलाई सम्मानपत्र समेत हस्तान्तरण गर्नुभएकाे थियाे ।

त्यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार र व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार रकम हस्तान्तरण गर्नुभएकाे छ। यसअघि मन्त्रिपरिषदको बैठकले पलेशालाई दिने पुरस्कारमा कर नलाग्ने निर्णय गरेको थियो।