काठमाडाैंका नेवा: समुदायले आठ दिनसम्म मनाइने इन्द्रजात्रा अर्थात येँया पुन्हि (आठ तस्बिर )
काठमाडौं, ३० भदाै । काठमाडाैं उपत्यकामा मनाइने ऐतिहासिक इन्द्रजात्रा पर्व आजदेखि सुरु भएको छ ।
आज बिहान ८ बजे २६ मिनेटमा हनुमानढाेका अगाडी इन्द्रध्वजासहितकाे याे:सिं ठड्याएपछि विधिवत रूपमा इन्द्रजात्रा सुरु गरिएको हो ।
वर्षा र सहकालका देवताका रुपमा इन्द्रको पूजा गरेर मनाइने इन्द्रजात्रा काठमाडौं उपत्यकाका साथै काभ्रे दोलखालगायत जिल्लामा पनि मनाइन्छ ।
नेवा: समुदायले ८ दिनसम्म मनाउने इन्द्रजात्रामा कुमारी, भैरब र गणेशको रथयात्राका साथै विभिन्न देवीदेवताको पूजाआजा गर्नुका साथै नाचगान समेत गरिन्छ ।
इन्द्रजात्राको मुख्य दिन असोज १ गते राष्ट्रपतिले इन्द्रजात्रा अवलोकन गर्ने प्रचलन छ । सो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइने प्रचलन छ ।
तस्बिरः रत्न श्रेष्ठ÷रासस



