स्थानीय तहको उपनिर्वाचन मंसिर १६मा गर्ने सरकारको निर्णय

काठमाडौं, ३० भदाै । स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते गर्ने भएकाे छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उपनिर्वाचन आगामी मंसिर १६ गते गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जनाएकाे छ ।

निर्वाचन आयोगले सरकारलाई आगामी मंसिर १६ गते उपनिर्वाचन गर्नका लागि सुझाव दिएको थियो । उक्त सुझाव अनुसार नै सरकारले निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छ ।

काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त रहेको छ ।

रुकुम पुर्वको पुथा गाउँपालिककी उपप्रमुख भुपेन्द्र बुढाको शुक्रबार मात्र सवारी दुर्घटनामा निधन भएको छ । पद रिक्त भएको औपचारिक जानकारी आए त्यहाँ पनि मंसिर १६ मै उपचुनाव गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।