प्रधानमन्त्री ओलीले आज विशेष पत्रकार सम्मेलन गर्नुहुँदै

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्नुहुने भएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे विशेष पत्रकार सम्मेलन हुने सचिवालयले जनाएको छ ।
सचिवालयका अनुासर बाढी, पहिरो र डुबानको प्रकोपपछि सरकारले गरेका उद्धार, राहत र पुनर्निर्माणको बारेमा जानकारी दिने गरी पत्रकार सम्मेलन राखेको हाे ।
अमेरिकामा भएको यूएन महासभामा भाग लिएर प्रधानमन्त्री ओली सोमबारमात्रै स्वदेश फर्किनुभएकाे थियाे। उहाँले हिजो विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विरोधका लागि विरोध नगर्न आग्रह गर्दै उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिने बताउनुभएकाे थियाे ।