पाेखराकाे शहिदचोक आसपास क्षेत्रमा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला नहुन आदेश
काठमाडाैं, ४ कात्तिक । जिल्ला प्रशासन कार्यालय कास्कीले शहिदचोक आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेकाे छ ।
रास्वपा सभापति रवि लामिछानेको समर्थनमा महानगर क्षेत्रमा प्रदर्शन, जुलुस भइरहेकाले हुलदङ्गा तथा झडपकाे अवस्था सिर्जना हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरिएको हो ।
प्रशासनले शहिदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधाज्ञा जारी गरेकाे छ ।
यस्तै गैह्रापाट आसपासका क्षेत्र पालिखेचोकदेखि नवीन माविसम्मको सडक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जारी गर्नुभएकाे विज्ञप्तीमा उल्लेख छ ।