दोलखा केन्द्रबिन्दु भएर ४.५ रेक्टरको भूकम्प

काठमाडौँ, २२ कात्तिक । दोलखा केन्दबिन्दु ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ ।

आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हाे

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखा भूकम्पको परकम्प भएको जनाइएकाे छ ।

विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता निरन्तर स–साना भूकम्पको परकम्प गइरहेको छ।