नारायणगढ–मुग्लिन सडकमा बस र इभी भ्यान ठाेकिँदा चारको मृत्यु, छ जना घाइते
काठमाडाैं, २३ कात्तिक । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान बस र इभी भ्यान ठाेकिएर चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको इभी भ्यान र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा इभी भ्यानमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।