करेन्ट लागेर कालीकोटमा एक जनाको मृत्यु

कालीकोट, ३ मङ्सिर । कालीकोटको शुभकालिका गाउँकांपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीया वीरेन्द्र चौलागाईंकाे मृत्यु भएको जानकारी दिनुभयो ।

चौलागाईं विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।