एमालेलाई कमजोर पार्न दुष्प्रचार गरियाे : महासचिव शंकर पोखरेल

काठमाडौं, ७ मङ्सिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई कमजाेर बनाउनका लागि दुष्प्रचार गरिएकाले एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ ।

काठमाडौंकाे दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै मुलुकलाई समृद्धि र विकासको यात्रामा अगाडि बढाउने अठोटका साथ लागिरहेकाे जनताकाे पार्टी एमालेलाई दुष्प्रचारकाे भ्रममा कमजाेर बनाउन खाेजेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘नेकपा एमालेलाई चौतर्फी आक्रमण र घेराबन्दी गरिँदै आएको छ। एमालेलाई समाप्त पार्नका लागि अनेक प्रकारका षड्यन्त्र गरिएको छ। कहिले महाकाली सन्धिका नाममा एमालेलाई विभाजन गर्ने दुष्प्रयत्न गरियो। महाकाली सन्धि वास्तवमा नेपालको राष्ट्रहितको विपक्षमा हुन्थ्यो भने त्यो सन्धि उहिल्यै कार्यान्वयनमा गइसकेको हुन्थ्यो। यही कार्यकर्ता पंक्ति पार्टीको रक्षाको लागि चट्टान बनेर खडा भयो । विभाजित गरेको पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाइयो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *