मन्त्रिपरिषद्काे बैठक आज बस्दै, मन्त्रीहरूको त्रैमासिक समीक्षा हुने

काठमाडौं, १२ मङ्सिर । मन्त्रिपरिषद्काे बैठक आज बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ । बैठकमा मन्त्रीहरूको आज त्रैमासिक समीक्षा हुने पनि सचिवालयले जनाएको छ।