उपनिर्वाचन

कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी, कहाँ कस्ताे हुँदैछ मतदान?

काठमाडौँ, १६ मङ्सिर । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् । अहिले उक्त स्थानमा मतदान जारी छ ।

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि भएकाे मतदान शान्तिपूर्णरूपमा भइरहेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।