एनपिएल : काठमाडौँ गुर्खाजले दियाे चितवन राइनोजलाई ११२ रनको लक्ष्य
![GdxLslha4AAQUML](https://maitrinews.com/wp-content/uploads/2024/12/GdxLslha4AAQUML.jpg)
काठमाडौँ, १७ मङ्सिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई जितका लागि एक सय १२ रनको लक्ष्य दिएकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो ।
काठमाडौँका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडे । त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाए । डान डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाए ।
बलिङतर्फ चितवन राइनोजका लागि सोहेल तन्भिर एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा २१ रन खर्चिए । यस्तै रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टाइनले एक एक विकेट लिए । अहिले चितवनले जवाफी ब्याटिङ गरिरहेको छ ।