उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं, १७ मङ्सिर । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गर्नुभएसँगै सिंहलाई प्रधानमन्त्रीको सिफारिसरमा कार्यवाहकको जिम्मेवारी दिनुभएकाे हाे ।
राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति निकाल्दै सिंहलाई कार्यवाहकको जिम्मेवारी दिनुभएकाे जनाएको छ ।
प्रधानमन्त्री ओली ४ दिने औपचारिक भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गर्नुभएकाे छ ।