चीनसँग कुनैपनि ऋण सम्झौता भएको छैन : प्रधानमन्त्री ओली
काठमाडौं, २० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीका बेला कुनैपनि ऋण सम्झौता नभएकाे बताउनुभएकाे छ ।
चीन भ्रमण सकेर आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बीआरआई सम्झौतामा कुनैपनि ऋणकाे सम्झौता नगरेकाे बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘अहिले हामीले जे प्राप्त गरेका छौं । त्यो ऋण होइन भन्ने कुरा धेरैपटक भनिएको छ । अब धेरै दोहोर्याउन नपरोस् भन्ने मेरो आग्रह छ । ऋण होइन,‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ ? सधैं ऋण–ऋण–ऋण यो किन सारंगी बजिरहेको छ ? होइन भनेर हामीले पटकपटक भनेका छौं । सञ्चार माध्यमहरूले पनि हाम्रा भनाइलाई क्यारी गरेका छन् ।’
‘