साँखुकाे शंखरापुर र सिन्धुपाल्चाेककाे चौतारासंगकाे ऐतिहासिक सम्बन्ध पुनर्जागरण गरिने

काठमाडाैं, २० मङ्सिर । काठमाडौँको शंखरापुर नगरपालिका र सिन्धुपाल्चोकको चौतारासाँगाचोकगढी नगरपालिकाबीच ऐतिहासिक, व्यापारिक तथा सांस्कृतिक सम्बन्ध पुनर्जागृत हुने भएको छ ।

चौताराको सम्पदा संरक्षण गुठीले शंखरापुर नगरपालिकाका प्रमुख प्रमुख रमेश नापितसमक्ष भेट गर्दै नेपाल सम्बत्को न्हूदँ ११४५ को उपलक्ष्यमा साँखुदेखि चौतारासम्मको ऐतिहासिक मार्गमा शुभकामना र्‍याली आयोजना गर्न अनुरोध गर्दै ज्ञापनपत्र प्रदान गर्नुभएकाे हाे ।

सम्पदा संरक्षण गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठले काठमाडौँको शंखरापुर र भक्तपुरबाट व्यापारीहरु बसाइँ गएर निर्माण भएकाे चौतारा बजारसंग ऐतिहासिक सम्वन्ध रहेकाे भन्दै सम्वन्धलाइ पुन: ताजगी बनाउन शुभ-कामना र्‍यालीले ठूलो भूमिका खेल्ने बताउनुभयाे ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख रमेश नापितले साँखु र चौताराबीच ऐतिहासिक व्यापारिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताउँदै यी दुई नगरबीच नयाँ ढंगबाट सम्बन्ध विकसित गर्न सहयोगका लागि आफू तयार रहेको बताउनुभयो।

उक्त अवसरमा साँखुको न्हूदँ समारोह समितिका अध्यक्ष वीरेन्द्र श्रेष्ठका साथै पूर्व अध्यक्षहरु जीवन श्रेष्ठ, द्वारिका श्रेष्ठ, माधव श्रेष्ठ, इतिहासकार प्रकाशमान सक्व र पत्रकार कुमार रञ्जितले पनि चौतारासंग साँखुको ऐतिहासिक सम्बन्धमा नयाँ आयाम थप्नुपर्नेमा जोड दिनुभयो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *