नेपाल प्रिमियर लिग

जनकपुर बाेल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा

काठमाडाैं, ४ पुस । जनकपुर बाेल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।

कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बाेल्ट्स एनपीएलको फाइनलमा प्रवेश गरेको हो ।

बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको थियाे ।

सुदूरपश्चिम रोयल्स यसअघि नै फाइनलमा पुगिसकेको छ । अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ ।