सहकारी ठगीको आरोपमा चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष महर्जन पक्राउ
काठमाडाैं, ८ पुस । चन्द्रागिरि नगरपालिका–१२ का वडा अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । महर्जन उक्त सहकारीका कोषाध्यक्ष हुन् ।