सुनकाे मूल्य आज पनि बढ्याे, कतिमा भयाे काराेबार ?

काठमाडौं, १२ पुस । सुनचाँदीको मूल्य नेपाली बजारमा आजपनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सयले बढेको हो।

आज सुन तोलामा एक लाख ५० हजार ७०० मा कारोबार भएकाे महासंघले जनाएको छ। यसअघि बिहिबार सुन तोलामा एक लाख ५० हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।