एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

नेपाल संवत् ११४५ का अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँ महानगर कमिटीद्वारा आज वसन्तपुरमा आयोजना गरेकाे जलपान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले एकताबद्ध प्रयासबाट मुलुकलाई शान्त र समृद्ध बनाउन सकिने बताउनुभएको हाे ।

प्रधानमन्त्री ओलीले कला, संस्कृति र सभ्यतामा धनी हामीले आफ्नो राष्ट्रिय पहिचान र संस्कृतिलाई बचाएर मानव जगत्को कल्याणका लागि काम गर्नुपर्नेमा जोड दिनुभयाे ।

जलपान कार्यक्रममा शुभकामना कार्यक्रममा एमाले पोलिटब्युरो सदस्यहरु आनन्द पोखरेल, रामेश्वर फुयाँल, केन्द्रीय सदस्य शान्ति अधिकारी, काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत महानगर कमिटीका सदस्य सहभागी हुनुहुन्थ्यो ।